images
images
  • नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द

    काठमाडौं– साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ ।

    नेप्से परिसूचक ११.५२ अंकले घटेर २७०८.२५ विन्दुमा अडिएको छ ।

    यसदिन ३३४ स्क्रिप्सको १ करोड ११ लाख २४ हजार ८४५ कित्ता सेयर ४ अर्ब ४० करोड २७ लाख ६७ हजार २७१ रुपैयाँमा खरिदिबिक्री भए ।

    कारोबारमा आएकामध्ये ७९ वटा स्टक्सको मूल्य बढ्दा १७३ वटाको घट्यो ।

    हिमस्टार उर्जा कम्पनीको सेयर ९.९७ प्रतिशतले बढ्दा एनआईबीए समृद्धि फण्ड २ को ५.८३ ,युनिर्भसल पावर कम्पनीको ५.१२ र मेघा म्युचुअल फण्ड-१को ४.६९ प्रतिशतले बढ्यो ।

    कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर शीर्षस्थानमा रह्यो ।

    सो कम्पनी २९ करोडको सेयर कारोबार हुँदा नेपाल रिइन्स्योरेन्सको २७ करोड,एभरेष्ट बैंकको २२ करोड,हिमालयन डिस्टिलरीको १६ करोड र युनिर्भसल पावरको १३ करोड मूल्य बराबरको सेयर कारोबार भयो ।

    तीन समूहको उपसूचकबाहेक अन्यको घट्यो ।

    फाइनान्स,मनु एण्ड प्रो र म्युचुअल फण्डको उपसूचक बढ्दा अन्य समूहको उपसूचक घटेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images