images
images
  • सेयर बजार घट्यो, कारोबार भयो कति ?

    काठमाडौं– बिहीबार सेयर बजार अघिल्लो दिनको तुलनामा ६.५५ अंक घटेको छ ।

    सो गिरावटपछि नेप्से २७१९ मा कायम भएको छ ।

    आज बजार अन्तिम ४० मिनेटमा सम्हालिएको छ ।

    भारित औसत गणनाअघि १ अंकमुनि रातो रहेको बजार गणनापछि ६ अंक घटेको हो ।

    २ : २० बजे २७०३ अंकसम्म झरेको सेयर बजार त्यसपछि सम्हालिँदै उकालो गति लिए पनि हरियो हुन सकेन ।

    कारोबार रकम बढेको छ ।

    अघिल्लो दिन ४ अर्ब ७२ करोडको कारोबार भएकोमा आज ५ अर्ब १४ करोडको भयो ।

    ८५ कम्पनीको मूल्य बढ्दा १६५ को घट्यो भने एउटाको स्थिर रह्यो ।

    सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतमुनि रह्यो ।

    बैंकिङ ०.३१, विकास बैंक ०.३८, फाइनान्स ०.३७, होटल तथा पर्यटन ०.६५, लगानी ०.३१, जीवन बीमा ०.३९, माइक्रोफाइनान्स ०.१५, उत्पादन तथा प्रशोधन ०.१९, निर्जीवन बीमा ०.१०, तथा अन्य समूह ०.५० प्रतिशत घटे ।

    व्यापार ०.५८ प्रतिशत बढ्यो । हिमस्टार ऊर्जा कम्पनीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो ।

    त्यस्तै विन्ध्यबासिनी हाइड्रोपावरको ६.०७, माथिल्लो मैलुङखोला जलविद्युत्को ६.०५, उपकार लघुवित्तको ५.०९ प्रतिशत मूल्य बढ्यो ।

    बाराही हाइड्रोपावरको मूल्य ३.८३, पिपुल्स पावरको ३.४५, दिव्यश्वरी हाइड्रोपावरको ३.४५ तथा ग्रिन डेभलपमेन्ट बैंकको ३.३० प्रतिशत मूल्य घट्यो ।

    नेपाल पुनर्बीमा, विन्ध्यबासिनी हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, युनियन हाइड्रोपावर र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images