images
images
  • प्रभु महालक्ष्मी लाइफको क्लव एचिभर्स अवार्ड सेरेमोनी सम्पन्न

    काठमाडौं– प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको क्लव एचिभर्स अवार्ड सेरेमोनी २०८१/८२ सम्पन्न भएको छ ।

    देशैभरिबाट उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरु र उच्च व्यवस्थापकहरुको उपस्थितीमा क्लव एचिभर्स अवार्ड सेरेमोनी २०८१/८२ भव्यताका साथ सु–सम्पन्न गरेको हो ।

    कार्यक्रम भाद्र १६ गतेबाट भाद्र १९ गतेसम्म ४ दिन पोखरामा सञ्चालन भएको हो ।

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक समिति सदस्य समशेर पराजुलीज्यूले पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरे ।

    कार्यक्रममा उत्कृष्ट व्यवसाय गरी चियरम्यान क्लव, सिइयो क्लव, कर्पोेरेट क्लव हासिल गरेका अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक समिति सदस्य शमशेर पराजुलीज्यूले बीमा व्यवसायमा अब्बल रही विभिन्न क्लवहरुमा सम्मानित हुनु भएका उत्कृष्ट अभिकर्ताहरुलाई बधाई ज्ञापन गरे ।

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईज्यूले अभिकर्ताहरुको योगदानको उच्च कदर गर्दै आगामी दिनमा अझै उत्कृष्ट व्यवसाय गर्न उत्प्रेरणा दिए ।

    सोही कार्यक्रमको अवसर पारेर प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले मेट्रिक्स फाइट नाइट (एमएफएन) २०२५ का विजेता रविन्द्र ढाँटलाई नगद १ लाख ११ हजार १ सय ११ सहित विशेष सम्मान गरिएको थियो ।

    सम्मानीत भएपछि कार्यक्रमलाई सम्बोधन गर्दै ढाँटले आफ्‌नो संघर्ष र सफलताको कथा शेयर गरे ।

    उनले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स परिवारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि साथ रहने बताए ।

    कार्यक्रममा सर्टिफाइड एनएलपी ट्रेनर एण्ड कोच मिन घलेको व्यवसायी जीवनमा व्यवहारिक बीमा बिक्रीकला सम्बन्धी उत्प्रेरणात्मक सेसन रहेको थियो ।

    यसका साथै विभिन्न सांस्कृतिक र मनोरञ्जनात्कम कार्यक्रमले रौनकता थपिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images