images
images
  • नेप्से १९.८९ अंकले घट्यो

    काठमाडौं– धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १९.८९ अंकले घटेको छ ।

    आज नेप्से परिसूचक ०.७२ प्रतिशतले घटेर २,७४१.९७ विन्दुमा बन्द भएको हो ।

    चार अर्ब ४३ करोड ८२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

    सोमबार पाँच अर्ब १० करोड ५७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

    नेपाल पुनर्बिमा कम्पनी र हिमालयन रिइन्स्योरेन्सको निरन्तररूपमा सर्वाधिक मूल्यको सेयर खरिदबिक्री हुँदै आएको छ ।

    आज पुनर्बिमा कम्पनीको २२ करोड ७० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

    त्यसैगरी, नेपाल पुनर्बिमा कम्पनीको २० करोड ११ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

    आज २९ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, २२१ कम्पनीको सेयरमूल्य घटेको छ ।

    हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । कारोबारमा आएका १३ वटै समूहगत परिसूचक घटेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images