images
images
  • सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम : प्रतितोला कति भयो वृद्धि ? (मूल्यसहित)

    काठमाडौं– प्रतितोला २ लाख नाघेसँगै सुनको मूल्य लगातार नयाँ रेकर्ड कायम गर्न थालेको छ ।

    केही दिनयता बढिरहेको मूल्यले हरेक दिन नयाँ उच्चतम स्तर तोड्दै आएको हो ।

    शुक्रबार प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको सुन आइतबार थप ३ हजारले बढेर २ लाख ३ हजार ६ सय रुपैयाँमा पुगेको थियो ।

    यी दुवै दिन सुनको मूल्यले नयाँ इतिहास बनाएको थियो ।

    आज सोमबार पुनः २ हजारले बढ्दै सुन प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    सुनसँगै चाँदीले पनि नयाँ रेकर्ड कायम गरेको छ ।

    अघिल्लो दिन प्रतितोला २ हजार ४२५ रुपैयाँ रहेको चाँदी आज बढेर २ हजार ४७० रुपैयाँमा पुगेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images