images
images
  • सेयर बजारमा पहिरो, सबै सर्किट डाउन

    काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् ।

    नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३१.१७ अंक (१.१२ प्रतिशत) घटेको छ ।

    सेन्सिटिभ तथा फ्लोट सूचक पनि घटेका छन् ।

    कारोबार सुरु भएपछि नै रातो अंकमा रहेको बजार अन्तिम समयसम्म कायम रह्यो ।

    कारोबार रकम घटेको छ ।

    अघिल्लो दिन बिहीबार ८ अर्ब ९ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६ करोडको भयो ।

    २१ कम्पनीको मूल्य बढ्दा २२८ को घट्यो भने एउटाको स्थिर रह्यो ।

    विकास बैंक समूह सबैभन्दा धेरै १.५९ प्रतिशत घट्यो ।

    बैंकिङ ०.८८, फाइनान्स १.३०, होटल तथा पर्यटन १.०७, हाइड्रोपावर १.४७, लगानी १.०४, जीवन बीमा १.००, उत्पादन तथा प्रशोधन १.०१, माइक्रोफाइनान्स १.३८, निर्जीवन बीमा १.१३, अन्य १.२४ तथा व्यापार ०.३८ प्रतिशत घटे ।

    उन्नति सहकार्य लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.७७ प्रतिशत बढ्यो ।

    आशा लघुवित्तको ४.१६, समता लघुवित्तको २.६४ तथा मिड सोलुको १.८७ प्रतिशत मूल्य बढ्यो ।

    नेपाल रिपब्लिक मिडियाको मूल्य सबैभन्दा धेरै ७.४५ प्रतिशत घट्यो ।

    छ्याङ्दी हाइड्रोपावरको ७.०७, पिपुल्स पावरको ५.४१ प्रतिशत मूल्य घट्यो ।

    आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, नेपाल रिपब्लिक मिडिया र पिपुल्स पावर छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images