images
images
  • दशैंमा बैंकले कहाँ–कहाँबाट नोट वितरण गर्दैछ ?

    काठमाडौं– आगामी बडा दशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुकिला नोट वितरण गर्ने भएको छ ।

    मुद्रा व्यवस्थापन विभाग, थापाथली तथा प्रदेशस्थित विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयमार्फत सुकिला नोट उपलब्ध गराइने बैंकले जनाएको छ ।

    बैंकका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूमार्फत सर्वसाधारणलाई सुकिला नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको छ ।

    सुकिला नोट सटही कार्य २०७८ साल भदौ २९ गतेदेखि असोज १० गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

    यस अवधिभर विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूले समेत सर्वसाधारणलाई सुकिला नोट सटही सेवा दिनेछन् ।

    नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष दशैंको अवसरमा सर्वसाधारणलाई सजिलो होस् भन्ने उद्देश्यले सुकिला नोट वितरण गर्ने परम्परा बनाउँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images