काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २ लाख रुपैयाँ नजिक पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको मूल्य बढेर १ लाख ९९ हजार ४०० रुपैयाँ पुगेको हो ।
बुधबार छापावाल सुन तोलामा १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
सोही आधारमा बिहीबार सुनमा तोलामा ४०० रुपैयाँको वृद्धि भएको महासंघले जनाएको छ ।
यसैगरी चाँदीको मूल्यमा पनि वृद्धि भएको छ ।
बुधबार तोलामा २ हजार ३४५ रुपैयाँमा रहेको चाँदी बिहीबार बढेर २ हजार ३५५ रुपैयाँमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















