images
images
  • सेयर बजारमा उछाल, सबै सर्किट हरियाली

    काठमाडौं– बुधबार सेयर बजार उच्च अंकले उकालो लाग्दै ५३.०१ अंकले बढेर नेप्से २८१९ मा पुगेको छ ।

    कारोबारको सुरुवातमा २७६८ सम्म झरेको सूचक अन्तिमसम्म निरन्तर बढ्दा कारोबार रकम पनि उछालिएको छ ।

    अघिल्लो दिन ४ अर्ब १८ करोडमा सीमित कारोबार आज ७ अर्ब ६८ करोड पुगेको हो ।

    २३२ कम्पनीको मूल्य बढ्दा १९ मात्र घटेका छन् ।

    सबै समूहमा हरियाली देखिएको बजारमा विकास बैंक समूह ३.४० प्रतिशतले अग्रणी बढतिमा रह्यो ।

    सबैभन्दा धेरै मूल्य बढ्नेमा विकास हाइड्रोपावर (१०%), समता लघुवित्त (९.३६%) र ग्रिन भेन्चर्स (८.०८%) रहे ।

    नेपाल रिपब्लिक मिडिया भने ४.२९% ले घट्दै सबैभन्दा कमजोर रह्यो ।

    रकमका हिसाबले हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, ग्रिन भेन्चर्स, हिमालयन डिस्टिलरी र नेपाल रिपब्लिक मिडिया शीर्ष कारोबार भएका कम्पनी बने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images