images
images
  • प्रभु बैंक र मार्फा प्यालेस होटलबीच छुट सम्झौता

    काठमाडौं– पोखरा, प्रभु बैंक लिमिटेड र घरपझोङ गाउँपालिका–२ मार्फा स्थित मार्फा प्यालेस होटलबीच व्यवसायिक साझेदारीको लागि एक कार्यक्रमबीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरू लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    एक समारोहबीच मार्फा प्यालेस होटलका तर्फबाट केशव रिजाल र प्रभु बैंक लिमिटेड तर्फबाट, जोमसोम क्ल्स्टर प्रमुख तथा जोमसोम शाखाका शाखा प्रबन्धक नरेन्द्र थकालीले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

    सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड÷क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिधुतीय माध्यम द्वारा बिल भुक्तानी गर्दा मार्फा प्यालेस होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    स्याउको राजधानीको रुपमा चिनिने मार्फा गाउँमा अवस्थित मार्फा प्यालेस होटल आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ ।

    प्रभु बैंक लिमिटेड तथा मार्फा प्यालेस होटलबीच भएको योे साझेदारीले मुस्ताङको पर्यटनको प्रवद्र्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरु पनि लाभान्वित हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images