images
images
  • सेयर बजार झिनो अंकले वृद्धि, कारोबार भयो कति ?

    काठमाडौं– धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार ४.८३ अंकले बढ्दै २७६६.०९ विन्दुमा बन्द भएको छ ।

    यस दिन कारोबार रकम भने घट्दै चार अर्ब १८ करोडमा सीमित रह्यो ।

    यस दिन १०१ कम्पनीको सेयर मूल्य बढ्दा १४९ कम्पनीको घटेको छ भने युनिलिभर नेपाल लिमिटेडको सेयर स्थिर रह्यो ।

    विकास हाइड्रोपावरको सेयर ९.९९ प्रतिशतले बढेको छ ।

    नेपाल पुनर्बिमा कम्पनी सर्वाधिक कारोबारमा रह्यो ।

    ४८ करोड ९५ लाख बराबरको सेयर किनबेच भएको छ ।

    हिमालयन रिइन्स्योरेन्समा २१ करोड ७१ लाखको कारोबार भयो ।

    कुल १३ मध्ये चार समूह (लगानी, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र निर्जीवन बिमा) को परिसूचकमा गिरावट आएको नेप्सेले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images