काठमाडौं- नेपाली बजारमा मंगलबार (भदौ १०) सुनको मूल्यमा वृद्धि आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढेको छ ।
यसअनुसार, छापावाल सुनको मूल्य तोलामा एक लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको छ ।
जबकि सोमबार (भदौ ९) यो मूल्य प्रतितोला एक लाख ९७ हजार २०० रुपैयाँ थियो ।
चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदी प्रतितोला ५ रुपैयाँले बढेर दुई हजार ३६० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला दुई हजार ३५५ रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















