काठमाडौं- अस्ट्रेलियाको डार्विनमा भएको अभ्यास खेलमा नेपालले स्थानीय टोली एसीटीलाई ४१ रनले हराएको छ ।
नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याउँदा एसीटी १७.२ ओभरमै १३६ रनमा अलआउट भयो ।
एसीटीका जे स्मिथले ५० रन, जेड केओघले २५ रन र के ब्रन्करले २७ रन बनाए । नेपालका सन्दीप लामिछानेले ४ ओभरमा ३१ रन खर्चेर पाँच विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा आठ विकेट गुमाएर १७७ रन बनाएको थियो ।
ओपनर आसिफ सेखले ३९ बलमा ६९ रन, कप्तान रोहित पौडेलले ३६ रन र आरिफ सेखले २४ रन जोडे ।
आईसीसी टी–२० विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलियामा रहेका नेपाली खेलाडीहरूले आजै एसीटीसँग दोस्रो अभ्यास खेल खेल्ने छन् ।
खेल बिहान ९ः४५ बजे सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















