images
images
  • माओवादी नेतृत्वको पालिका सर्वोत्कृष्ट, कांग्रेसको ठिकठिकै, एमालेका भ्रष्टाचारमा उत्कृष्ट

    काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आव २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) को नतिजा सार्वजनिक गर्दा कांग्रेस र माओवादीले नेतृत्व गरेका पालिका शीर्ष स्थानमा परेका छन् ।

    एमाले नेतृत्वका पालिकाले भने अपेक्षाकृत कमजोर नतिजा देखाएका छन् भने भ्रष्टाचारमा केन्द्रित देखिन्छ ।

    राष्ट्रियस्तरमा शीर्ष नगरपालिका धादिङको नीलकण्ठ नगरपालिका (९३ अंक) पहिलो, चितवनको खैरहनी (९२.७५) दोस्रो र रुपन्देहीको तिलोत्तमा (९१.२५) तेस्रो भए ।

    यी तीनै नगरपालिकाका मेयर कांग्रेसका हुन् ।

    गाउँपालिका श्रेणीमा धादिङको बेनीघाट रोराङ (९१.७५ अंक) पहिलो, गुल्मीको रुरुक्षेत्र (९०) दोस्रो र स्याङ्जाको अर्जुनचौपारी (८८.७५) तेस्रो परे ।

    बेनीघाट र रुरुक्षेत्र माओवादी नेतृत्वमा छन् भने अर्जुनचौपारी कांग्रेसले चलाएको छ ।

    प्रदेशगत नतिजा हेर्दा पनि धेरै ठाउँमा कांग्रेस र माओवादीले नेतृत्व गरेका पालिका अग्रस्थानमा देखिएका छन् ।

    स्वतन्त्र नेतृत्व भएका पालिकाहरूको नतिजा मिश्रित रहेको छ ।

    उत्कृष्ट परिणाम ल्याउन सफल पालिकाहरूले दलगत झगडा नगरी, पारदर्शिता र प्रणालीमा आधारित कार्यशैलीलाई मुख्य कारण बताउँदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images