images
images
  • सेयर बजार १८.०२ अंक घटयो

    काठमाडौं– साताको पहिलो दिन आइतबार सेयर बजार १८.०२ अंक घटेको छ ।

    सो गिरावटपछि नेप्से परिसूचक २७३९.९५ अंकमा कायम भएको छ ।

    कारोबार सुरुवातपछि बढेको बजार ११ : १७ बजे २७७० अंकमा पुगे पनि त्यसपछिको ओरालो यात्रा अन्तिम समयसम्म कायम रह्यो ।

    बजारको अंक घट्दा कारोबार रकम बढेको छ ।

    अघिल्लो दिन ५ अर्ब २ करोडको कारोबार भएकोमा आज ६ अर्ब ५४ करोडको भयो । ४१ कम्पनीको मूल्य बढ्दा २०८ को घट्यो ।

    उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका सूचक घटे ।

    सो समूह ०.१५ प्रतिशत बढ्यो ।

    विकास बैंक समूह सबैभन्दा धेरै १.६९ प्रतिशत घट्यो ।

    बैंकिङ ०.८८, फाइनान्स ०.५३, होटल तथा पर्यटन ०.६८, हाइड्रोपावर १.१९, लगानी ०.७८, जीवन बीमा ०.४४, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.५०, अन्य ०.१० तथा व्यापार समूह ०.१९ प्रतिशत घटे ।

    विकास हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो ।

    हालै सूचीकृत सो कम्पनीको मूल्य ३८८.७० रुपैयाँ पुगेको छ ।

    त्यस्तै सीवाईसी लघुवित्तको ४.७४, हिमालयन डिस्टिलरीको ३.६०, अपर स्याङ्गे हाइड्रोपावरको २.३५ प्रतिशत मूल्य बढ्यो ।

    नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ७.२९ प्रतिशत घट्यो ।

    पियोर इनर्जीको ४.३५, सान्भी इनर्जीको ३.९८ तथा रावा इनर्जीको ३.८५ प्रतिशत मूल्य घट्यो ।

    आज हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै रकमको कारोबार भयो ।

    सो कम्पनीको मात्रै १ अर्ब ७५ करोडको कारोबार भयो ।

    त्यसपछि धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, बुटवल पावर र शिवम् सिमेन्ट अगाडि रहे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images