काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वागमती प्रदेश प्रशिक्षण विभागमा रहेका हरि प्रसाद कंडेललाई निलम्बन गरेको छ ।
शुक्रबार केन्द्रीय अनुशासन आयोगका प्रमुख रमाकान्त सिमालले जारी गरेको पत्र अनुसार कंडेलमाथि नेपाल सरकारको अध्याधिन कानुन विपरीत कार्यमा संलग्न रहेको आरोप लागेको छ ।
रास्वपाले जारी गरेको पत्रमा भनिएको छ, ‘ललितपुर जिल्ला प्रहरी कार्यालयबाट प्रकाशित सूचनामा उहाँले शैक्षिक प्रमाणपत्र छापाखानाबाट जालसाजी गरेको प्रमाण प्राप्त भएको देखिएकाले प्रहरीको आवश्यक छानबिनमा सहयोग पु¥याउन निलम्बन गरिएको हो ।’
पत्रमा थप भनिएको छ कि अनुसन्धानमा प्रमाणित भए अन्य कानूनी कारबाहीसमेत हुने र हालसम्म कंडेलले पार्टीको कुनै जिम्मेवारी निर्वाह नगर्ने व्यवस्था गरिएको छ ।
यससँगै रास्वपाले आफ्नो संगठनभित्र कानूनी तथा नैतिक आचरणमा कडाइ गर्ने संकेत दिएको छ ।


विश्व खबर 




















