images
images
  • नेपाल बैंक र न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलबीच सम्झौता

    काठमाडौं– नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र मोरङ जिल्ला बिराटनगर–१० स्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिबीच सम्झौता भएको छ ।

    अस्पतालले प्रदान गर्ने विविध स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान सम्झौता भएको हो ।

    सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडका कर्मचारीहरू र ग्राहकवर्गलाई अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरुको बिल रकममा ५ प्रतिशत देखि ५० प्रतिशत सम्म छुट हुने व्यवस्था गरिएको छ ।

    मिति २०८२ साल भाद्र ०२ गते भएको उक्त सम्झौताको पत्रमा बैंकको तर्फबाट कोशी प्रादेशिक कार्यालय प्रमुख सुर्यप्रकाश भट्ट र न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिको तर्फबाट अस्पतालका निर्देशक राजेश भट्टराइले हस्ताक्षर गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images