images
images
  • प्रधानमन्त्री ओलीको पुतला दहन : प्रहरी र प्रदर्शनकारीबीच झडप, मधेश अशान्त

    काठमाडौं– मधेश प्रदेशका विभिन्न जिल्लामा सर्वोच्च अदालतले गौर घटना अनुसन्धान गर्न दिएको परमादेशको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ ।

    जनकपुरधामको भानुचौकमा पुतला दहनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

    जसमा समाजवादी युवा संघका पुण्यप्रताप पटेल घाइते भएका छन् र उनलाई प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

    गौर घटना करिब १९ वर्षअघि तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीबीच रौतहट गौरमा झडप हुँदा दर्जनौँ जनाको मृत्यु भएको थियो ।

    झडप त्यतिबेला भयो जब मधेशी जनअधिकार फोरमले राइस मिल्समा कार्यक्रम आयोजना गरेको दिन माओवादी नेता प्रभू साहले पनि सोही समय कार्यक्रम राखे ।

    जसपा नेपाल मधेश प्रदेशका अध्यक्ष बालकिशोर यादवले भूमिसम्बन्धी विधेयकमा सरकारले सहयोग नगरेको भन्दै विरोध प्रदर्शन भएको बताएका छन् ।

    उनले आफ्नो पार्टी शान्तिपूर्ण ढंगले मधेशी जनताको माग पूरा गर्न सक्रिय रहेको दाबी पनि गरे ।

    प्रतिक्रिया दिनुहोस्

    images