काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत आमनेसामने हुँदैछन् ।
भुटानको थिम्पुमा आज (बुधबार) बाट सुरु हुने प्रतियोगितामा नेपाल सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदानमा उत्रने तयारीमा छ ।
खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ ।
भदौ १५ गतेसम्म चल्ने यस च्याम्पियनसिपमा आयोजक भुटानसहित नेपाल, भारत र बंगलादेश सहभागी छन् ।
लिग प्रणालीअनुसार सबै टोलीले एकअर्कासँग दुई–दुई खेल खेलेपछि सबैभन्दा बढी अंक हासिल गर्ने टोली विजेता घोषित हुनेछ ।
नेपाल यसअघि सन् २०२२ मा यो प्रतियोगिता जितिसकेको छ ।
यस पटक नेपालले भदौ ६ र १५ गते भुटानसँग भदौ ८ र ११ गते बंगलादेशसँग तथा भदौ १३ गते फेरि भारतसँग खेल्नेछ ।
नेपाली टोली सोमबार नै भुटान पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















