images
images
  • अमेरिका रहेकी उपसभामुख र कांग्रेस इतरपक्षका शेखरबीच टेलिफोन वार्ता, के भयो कुरा ?

    काठमाडौं– सत्तारूढ कांग्रेसका नेता डा.शेखर कोइरालाले अमेरिकामा रहेका उपसभामुख इन्दिरा रानासँग टेलिफोन वार्ता गरेका छन् ।

    कांग्रेस र एमालेका सांसदहरूले उपसभामुखलाई हटाउने तयारीस्वरुप हस्ताक्षर अभियान अघि बढाइरहेका बेला कोइरालाले भने त्यसमा हस्ताक्षर गरेका छैनन् ।

    अमेरिकामा रहेकी रानासँग भएको टेलिफोन वार्तामा वर्तमान नेपाली राजनीतिक परिस्थितिबारे छलफल भएको उपसभामुख रानाले बताइन् ।

    एमाले र कांग्रेसका सांसदहरू संयुक्त पहलमार्फत उपसभामुखलाई पदमुक्त गर्ने तयारीमा जुटिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images