images
images
  • उपसभामुख हटाउने महाभियोग प्रस्तावविरुद्ध रञ्जिताले गरिन् हस्ताक्षर, उपेन्द्रको आश्वासन

    काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ विपक्षी दलहरूको मंगलबार (भदौ ३) सिंहदरबारमा बसेको बैठकमा सहभागी भएनन् ।

    यी दुई दलका अन्य कुनै नेता पनि बैठकमा उपस्थित रहेनन् ।

    माओवादी केन्द्रको संसदीय दल कार्यालयमा बसेको बैठकमा रास्वपा, एकीकृत समाजवादी, राप्रपा, आमजनता पार्टी र नेसपाका महेन्द्र यादव सहभागी भएका थिए ।

    विपक्षी दलका सबै नेतालाई बोलाइएको तर जसपा र नागरिक उन्मुक्तिबाट कोही नआएको एकीकृत समाजवादीका उपनेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

    यसअघि कांग्रेस र एमालेले सांसदका हस्ताक्षर संकलन गरेपछि विपक्षी दलहरू रणनीति बनाउन जुटेका हुन् ।

    रञ्जिता श्रेष्ठले कांग्रेस संसदीय दल कार्यालयमा पुगेर हस्ताक्षर गरिसकेकी छन् ।

    जसपा अध्यक्ष यादवले पनि समर्थन गर्ने आश्वासन दिएको कांग्रेस सांसद रामहरि खतिवडाले बताए ।

    विपक्षी दलहरूले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारीस्वरूप हस्ताक्षर संकलन गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images