images
images
  • सत्तारूढ कांग्रेस इतरपक्षका नेता शेखरको फोनले जोगियो इन्दिरा रानाको उपसभामुख पद

    काठमाडौं– सत्तारूढ कांग्रेस–एमालेको उपसभामुख इन्दिरा रानालाई हटाउने प्रयास असफल भएको छ ।

    कांग्रेसको संस्थापनइतर समूहको असहयोगका कारण असफल भएको हो ।

    आज बिहान संसदीय दलको आकस्मिक बैठक डाकेर सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गर्न लगाइएको थियो ।

    तर, कांग्रेस नेता शेखर कोइरालाले प्रयोजन नखुलाइएकोले हस्ताक्षर नगर्न निर्देशन दिएपछि उनका निकट सांसदहरूले हस्ताक्षर गर्न अस्वीकार गरेका थिए ।

    शेखरले आफूनिकट सांसदहरूलाई फोन गरेपछि उनीहरू उपसभामुख हटाउने प्रस्तावबाट पछि हच्के ।

    अबको केही समयका लागि उनको पद जोगिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images