काठमाडौं– सत्तारूढ दल कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउनका लागि आफ्ना सांसदबाट हस्ताक्षर संकलन गरिरहेका छन् ।
तर, कांग्रेसभित्र मतभेद देखिएको छ ।
कांग्रेस संसदीय दलले सिंहदरबारमा सांसदहरूलाई आकस्मिक रूपमा उपस्थित भएर हस्ताक्षर गर्न बोलाएको थियो ।
महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा र केही सांसदले हस्ताक्षर गरेनन् ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफलपछि कांग्रेस–एमालेले उपसभामुख हटाउने निर्णय गरेका थिए ।
छलफलमा प्रधानमन्त्री, कांग्रेस उपसभामुख पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी थिए ।
तर महामन्त्री थापा अनुपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस्






















