काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको आफ्नो व्यवहार र सार्वजनिक टिप्पणीप्रति असन्तुष्टि व्यक्त गरेकी छन् ।
विशेषगरी मदन भण्डारीसँग सम्बन्धित विवादास्पद अभिव्यक्तिबाट उनको चित्त दुखेको एमाले नेताले जनाएका छन् ।
विराटनगर भ्रमणका क्रममा भण्डारीले आफ्नो नजिकका तथा ओलीपक्षका नेतासँग गुनासो गरेकी हुन् ।
केही दिनअघि काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले मदन भण्डारीलाई लिएर विवादास्पद टिप्पणी गरेका थिए ।
जसमा ‘चार श्रीमती र साझा (सहकारी) लुटपाट गरेको’ जस्ता अभिव्यक्तिहरू समावेश थिए ।
पूर्वराष्ट्रपति भण्डारी सोमबार (भदौ २) विराटनगर आइन् र उद्घोष दैनिक पत्रिकाको वार्षिकोत्सव समारोहमा सहभागी भइन् ।
उनी मंगलबार (भदौ ३) काठमाडौं फर्किने तयारीमा छिन् ।
प्रतिक्रिया दिनुहोस्






















