काठमाडौं– विपक्षी दलहरूको संयुक्त बैठक बस्दैछ ।
नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा बैठक बस्ने भएको हो ।
प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानालाई हटाउन सत्तारूढ दलले महाभियोग प्रस्ताव ल्याएपछि विपक्षी दलहरू थप रणनीति बनाउन छलफल गर्दैछन् ।
छलफलका लागि विपक्षी माओवादी अध्यक्ष प्रचण्ड, रास्वपा उपसभापति डिपी अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन जुट्दैछन् ।
बैठक केहीबेरमा बस्दैछ ।
प्रतिक्रिया दिनुहोस्






















