images
images
  • उपसभामुख रानाविरुद्ध महाअभियोग प्रस्तावमा कांग्रेस शेखरपक्षका सांसदले गरेनन् हस्ताक्षर

    काठमाडौं– प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्तावका लागि कांग्रेसले हस्ताक्षर संकलन सुरु गरे पनि डा.शेखर कोइराला निकटका सांसदहरूले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।

    उनीहरूले प्रयोजन नखुलेको भन्दै खाली कागजमा हस्ताक्षर नगर्ने बताएका हुन् ।

    प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसदहरूलाई बोलाए पनि कोइराला पक्षका सांसदहरूले ‘प्रयोजन स्पष्ट भएपछि मात्रै हस्ताक्षर गर्ने’ अडान लिएका छन् ।

    सांसद कान्छाराम तामाङले यसबारे कोइरालासँग सल्लाह गरेका थिए भने हृदयराज थानी, सरिता प्रसाईँ, दीपक गिरीलगायतलाई पनि कोइरालाले हस्ताक्षर नगर्न सुझाव दिएका थिए ।

    स्रोतका अनुसार सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस–एमालेबीच उपसभामुखले पदअनुसार आचरण नगरेको भन्दै महाअभियोग लगाउने सहमति भएपछि दुवै दलले आफ्ना सांसदहरूमध्ये हस्ताक्षर सङ्कलन थालेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images