काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना मगरलाई हटाउने सत्तारूढ दलहरूको प्रयासको विरोध गर्ने बताएका छन् ।
मंगलबार पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेस–एमाले गठबन्धन सरकार बनेदेखि गल्ती मात्र गरेको टिप्पणी गर्दै उपसभामुख हटाउने कोसिस गलत भएको जिकिर गरे ।
सामाजिक सेवामा सक्रिय आदिवासी महिला नेत्रीलाई अनाहकमा हटाउन खोज्नु अन्यायपूर्ण भएको प्रचण्डको भनाइ छ ।
उनले रानामाथि लागेको आरोप कपोकल्पित भएको पनि दोहोराए ।
प्रतिक्रिया दिनुहोस्






















