काठमाडौं– सत्ता गठबन्धनले सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाएको छ ।
लोसपा अध्यक्ष महन्थ ठाकुरका अनुसार बैठकमा सहभागी हुन नेताहरू सिंहदरबार पुगिरहेका छन् ।
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ कार्यालयमा प्रवेश गरिसकेकी छन् भने जसपा र लोसपाका नेताहरू पनि बाटोमा रहेका छन् ।
कांग्रेस र एमालेले उपसभामुख इन्दिरा राना मगरविरुद्ध हस्ताक्षर अभियान चलाएपछि सत्ता पक्षले साना दलहरूलाई समेत समेट्दै यो बैठक आयोजना गरेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्






















