काठमाडौं– कांग्रेस–एमालेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने तयारी अन्तिम समयमा स्थगित गरेका छन् ।
आज दिउँसो १ बजे प्रस्ताव दर्ता गर्ने योजना बनाएर सांसदहरूसँग हस्ताक्षरसमेत गराइसकेका उनीहरू उपसभामुख राना अमेरिकामा भ्रमणमा रहेकाले पछि हटेका हुन् ।
कानुनअनुसार प्रस्ताव दर्तापछि एक साताभित्र प्रक्रिया अघि बढाउनुपर्ने प्रावधान छ ।
तर, राना १३ भदौमा मात्र फर्कने भएकाले सफाइ दिन समय नपुग्ने देखिएपछि दर्ता प्रक्रिया रोकिएको एमालेका एक सांसदले बताए ।
प्रतिक्रिया दिनुहोस्






















