images
images
  • प्रचण्ड र उपेन्द्रलाई साइजमा राख्न प्रधानमन्त्री ओलीले गौर हत्याकाण्ड ब्युँताए, छानविन होला ?

    काठमाडौं– सर्वोच्च अदालतले १९ वर्ष पुरानो गौर हत्याकाण्डलाई अघि बढाउन परमादेश जारी गरेको छ ।

    न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासले गरेको आदेशपछि २०६३ चैत ७ गते रौतहटमा उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन मधेसी जनअधिकार फोरम र प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीबीचको झडपमा मारिएका २८ जनाको मुद्दा अब अनुसन्धान र अभियोजन प्रक्रियामा जाने भएको हो ।

    निर्णयपछि सांसद प्रभु साहले सामाजिक सञ्जालमा पीडितहरूमा न्यायको आशा बलियो भएको भन्दै दोषी कानुनी दायरामा आउने विश्वास व्यक्त गरेका छन् ।

    यसअघि रौतहटकै अर्को चर्चित घटना बम विष्फोटमा घाइतेलाई इँटाभट्टामा जलाइएको मुद्दा पनि सर्वोच्चकै परमादेशपछि अघि बढेको थियो ।

    अहिलेसम्म गौण रहेको उक्त हत्याकाण्ड प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा छानविन हुने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images