images
images
  • सेयर बजार बढ्यो

    काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक सोमबार ९ अंकभन्दा धेरै बढेको छ ।

    आइतबारको तुलनामा नेप्से कारोबार रकम डेढ अर्बले घटे पनि परिसूचक भने सकारात्मक भएको हो ।

    धितोपत्र बजारमा सूचिकृत अधिकांश कम्पनीको गत आर्थिक वर्षको वित्तीय विवरण आइसकेको अवस्था छ ।

    सेयर लगानीकर्ताले पनि कुन कम्पनीले कस्तो प्रतिफल दिन्छ भन्ने पूर्वानुमान गरिसकेको हुनाले पनि सोमबार नेप्से परिसूचकमा सुधार आएको हुन सक्छ ।

    सोमबार कारोबार सुरु हुँदादेखि बढ्न थालेको नेप्से करिब एक घण्टापछि घटेको थियो ।

    त्यसपछि सुधारको क्रम बन्द हुँदासम्म कायम रहेपछि उतारचढाव भने आइराख्यो ।

    कारोबार सुरु हुँदा २७६१.२२ अंकमा रहेको नेप्से सूचक ९.१६ अंकले बढेर २७७०.३९ अंक पुगेको छ ।

    सोमबार नेप्सेमा कारोबार भएका बैंक, विकास बैंक, जलविद्युत् क्षेत्रका अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ ।

    नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ २.५३, विकास बैंक १८.३३, फाइनान्स २.२९, होटल र पर्यटन १७.१९, जलविद्युत ३४.७७, लगानी ०.४८, जीवन बीमा ४२.६६, उत्पादनमूलक ३७.७५, लघुवित्त ५.२०, निर्जीवन बीमा ४७.४५ र व्यापार समूह ५३.३८ अंकले बढेका छन् ।

    तर, सोमबार सामूहिक लगानी कोष ०.१० र अन्य समूहगत सूचक १५.४३ अंकले घटेका छन् ।

    सोमबार नेप्सेमा कारोबार भएकामध्ये १ सय ७५ कम्पनीको सेयर मूल्य बढेको छ ।

    त्यसैगरी ७४ कम्पनीको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ ।

    सोमबार नेप्सेमा ३ सय २० कम्पनीको ६७ हजार ९ सय ९५ कारोबारबाट ६ अर्ब १७ करोड रुपैयाँ बराबरको १ करोड ५२ लाख २९ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ ।

    यो कारोबार रकम आइतबारको तुलनामा थोरै हो ।

    आइतबार नेप्सेमा ७ अर्बभन्दा धेरैको सेयर कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images