images
images
  • रूपन्देही–३ को उपनिर्वाचनमा कांग्रेसको टिकटदाता शर्मा, ३ जना आकांक्षीको दौडधुप (नामावलीसहित)

    काठमाडौं– रूपन्देही–३ को उपनिर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसभित्र आकांक्षीहरू सक्रिय हुन थालेका छन् ।

    अघिल्लो चुनावमा करिब २६ सय मतले पराजित बालकृष्ण खाँण यसपटक उम्मेदवार नबन्ने भए पनि उनको समर्थनले कांग्रेसको उम्मेदवारको सफलता तय गर्ने मुख्य भूमिका खेल्ने देखिन्छ ।

    कांग्रेसले टिकट वितरणको जिम्मा र स्थलगत मूल्याङ्कनका लागि महामन्त्री विश्वप्रकाश शर्मालाई क्षेत्रमा पठाइसकेको छ ।

    पार्टीभित्र पूर्वजिल्ला सभापति रामचन्द्र ढकाल, महासमिति सदस्य विमल ढकाल र पूर्वप्रदेश सांसद पुष्पा चौधरी मुख्य आकांक्षीका रूपमा उभिएका छन् ।

    रामचन्द्र ढकाल शेखर कोइराला समूहको नजिक मानिन्छन् भने विमल ढकाल बालकृष्ण खाँणका विश्वासपात्रका रूपमा हेरिन्छन् ।

    थारू बहुल क्षेत्र भएकाले पुष्पा चौधरी मधेश केन्द्रित दलहरूको चुनौती सामना गर्न सक्ने उम्मेदवारका रूपमा चर्चामा छन् ।

    मधेश केन्द्रित दलहरू साझा उम्मेदवार खोजिरहेका छन् ।

    रास्वपाले नौ जनाको नामबाट अन्तिम उम्मेदवार चयन गर्ने तयारी गरिरहेको छ ।

    मेयर बालेन्द्र शाहको समर्थनमा ओमप्रकाश अर्यालको नाम पनि संलग्न गरिएको छ ।

    अर्कोतर्फ, राप्रपाले दीपक बोहोराका छोरालाई टिकट दिन सक्ने सम्भावना छ ।

    कांग्रेसभित्रको बुझाइ अनुसार रास्वपा र बालेनपक्षबीच उम्मेदवार विभाजन भएमा पार्टीको जित लगभग सुनिश्चित हुने देखिन्छ ।

    तर, खाँणको प्रभावी ८–९ हजार मतबिना कांग्रेसको उम्मेदवारले सहज जीत पाउने संभावना कम छ ।

    अघिल्लो निर्वाचनमा २०७९ मा खाँण अन्तर्घातका कारण करिब २६ सय मतले पराजित भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images