images
images
  • जसपा र लोसपाले पठाएका मन्त्रीहरूको नाम प्रधानमन्त्री ओलीले फ्याके रद्दीको टोकरीमा

    काठमाडौं– सत्तारूढ दलले चौथोपटक नाम दिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री फेरबदल गरेका छैनन् ।

    २८ साउनमा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष अशोककुमार राईले पानीमन्त्री प्रदीप यादवको ठाउँमा वीरेन्द्र महतो र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीको ठाउँमा रञ्जुकुमारी झालाई मन्त्री बनाउन अन्तिमपटक नाम बुझाएका थिए ।

    जसपा स्रोतका अनुसार प्रधानमन्त्री ओली ‘हुन्छ हुन्छ’ भन्दै टारिरहनु भएको छ ।

    एमालेबाट भगवती न्यौपाने तत्काल मन्त्री बनाइए पनि साना दलका नाम सिफारिस भएका मन्त्री अझै शपथ छैनन् ।

    जसपा र लोसपा दुवै दलले समयमै नाम दिएको भए पनि प्रधानमन्त्रीले मन्त्री बनाउने तयारी नगरेको प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।

    अशोक राईले अब भदौ पहिलो सातासम्म अल्टिमेटम दिने तयारी गर्दैछन् ।

    मन्त्री फेरबदल नभए सरकारलाई दिएको समर्थनको पुनर्विचार गर्न सक्ने उनले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images