काठमाडौं– नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल र अनेरास्ववियूमा समानान्तर कमिटी गठन भएको छ ।
युवा संघतर्फ सञ्जीव राई अध्यक्ष रहने गरी नयाँ समिति घोषणा गरिएको छ ।
गत साउन १७ मा संस्थापन पक्षले रोशन थापा नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाएपछि असन्तुष्ट राईले जिम्मेवारी अस्वीकार गर्दै नयाँ कमिटी घोषणा गरेका हुन् ।
त्यस्तै, अनेरास्ववियूभित्र पनि अध्यक्ष महेश श्रेष्ठसँग असन्तुष्ट समूहले नरेश न्यौपाने अध्यक्ष र प्रकाश श्रेष्ठ महासचिव रहने गरी १६७ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ ।
समानान्तर कमिटीहरूले आगामी असार २१ मा पदाधिकारी बैठक, साउन पहिलो साता केन्द्रीय बैठक र साउन १५ भित्र प्रदेश, जिल्ला र क्याम्पस सम्मेलन सम्पन्न गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।
महाधिवेशन यथाशीघ्र गर्ने तर मिति र उमेरहदबारे निर्णय भने केन्द्रीय कमिटीले गर्ने उल्लेख गरिएको छ ।
पार्टीका सम्मानित झलनाथ खनाल र महासचिव घनश्याम भुसालको उक्साटमा भातृ संगठनका नेतृत्वले समानान्तर कमिटी गठन गरेको हुन सक्ने अध्यक्ष माधव नेपाल पक्षले आरोप लगाउँदै आएका छन् ।






















