images
images
  • जेलेन्स्कीको मुर्ख्याइँले क्रिमिया रुसमा गाभिने पक्का, युक्रेन नेटोको सदस्यता बन्नबाट बञ्चित

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन–रुस युद्ध अन्त्य गर्नका लागि युक्रेनले रूसका शर्तहरू मान्नुपर्ने बताएका छन् ।

    युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग भेटअघि ट्रम्पले युक्रेन नेटोमा नजाने र क्रिमिया फिर्ता नपाउने शर्त अघि सारेका हुन् ।

    उनका अनुसार जेलेन्स्कीले चाह्यो भने युद्ध तुरुन्तै रोक्न सक्छन् ।

    २०१४ मा रुसले कब्जा गरेको क्रिमिया फिर्ता पाउनु असम्भव भएको बताउँदै ट्रम्पले स्थायी शान्ति सम्झौतामा जोड दिएका छन् ।

    उनले पुटिनसँग अलास्कामा शिखर वार्ता गरेका थिए ।

    जेलेन्स्कीले सहयोगी राष्ट्रहरूबाट प्रभावकारी सुरक्षा ग्यारेन्टी माग गरेका छन् ।

    अमेरिकी दूतका अनुसार युक्रेनका लागि नेटो–जस्तै तर फरक सुरक्षा सम्झौताको प्रस्तावमा पुटिन पनि तयार छन् ।

    यसैबीच बेलायत, फ्रान्स, जर्मनीसहितका युरोपेली नेताहरूले युक्रेनलाई निरन्तर समर्थन गर्ने बताएका छन् ।

    जेलेन्स्कीले ट्रम्पको निमन्त्रणाप्रति आभार प्रकट गर्दै युद्ध छिटो र भरपर्दो रूपमा अन्त्य गर्ने इच्छाबारे उल्लेख गरेका छन् ।

    अमेरिकी कूटनीतिहरूले ट्रम्पले जेलेन्स्कीलाई दबाब दिन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

    विदेशमन्त्री मार्को रुबियोले यस्तो अनुमानलाई ‘मूर्ख मिडिया कथा’ भनेका छन् ।

    युद्ध रोक्न संवाद भइरहे पनि रुसले आक्रमण जारी राखेको र युक्रेनको करिब पाँचौं भाग कब्जा गरिसकेको अन्तर्राष्ट्रिय समाचार स्रोतहरूले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images