images
images
  • रूपन्देही–३ को उपनिर्वाचनमा बालकृष्ण खाँणलाई बेवास्था गरेमा कांग्रेसको हार निश्चित

    काठमाडौं– रूपन्देही–३ को उपचुनाव नजिकिँदै जाँदा कांग्रेसभित्र आकांक्षीहरू खुल्न थालेका छन् ।

    अघिल्लो चुनावमा करिब २६ सय मतले पराजित बालकृष्ण खाँण उम्मेदवार नबन्ने भए पनि उनको समर्थनले उम्मेदवारको सम्भावना तय गर्ने देखिन्छ ।

    कांग्रेसले टिकट वितरण अघि स्थलगत अध्ययनका लागि महामन्त्री विश्वप्रकाश शर्मालाई पठाइसकेको छ ।

    कांग्रेसभित्र पूर्वजिल्ला सभापति रामचन्द्र ढकाल, महासमिति सदस्य विमल ढकाल र पूर्वप्रदेश सांसद पुष्पा चौधरी मुख्य आकांक्षीका रूपमा छन् ।

    रामचन्द्र ढकाल शेखर कोइराला समूह नजिक मानिन्छन् भने विमल ढकाल खाँणको विश्वासपात्रका रूपमा हेरिन्छन् ।

    थारू बाहुल्य क्षेत्र भएकाले चौधरीलाई मधेशकेन्द्रित दलहरूको चुनौती काउन्टर गर्न सक्ने उम्मेदवारका रूपमा चर्चा गरिएको छ ।

    मधेशकेन्द्रित दलहरू साझा उम्मेदवार खोजिरहेका छन् भने रास्वपाले नौ जनाको नाम छानेर अन्तिममा एक उम्मेदवार उठाउने तयारी गरेको छ ।

    मेयर बालेन्द्र शाहको समर्थनमा ओमप्रकाश अर्यालको नाम पनि चर्चामा छ ।

    अर्कोतिर राप्रपाले दीपक बोहोराका छोरालाई टिकट दिन सक्ने भनाइ छ ।

    कांग्रेसभित्र बुझाइ छ, रास्वपा र बालेनपक्षबीच उम्मेदवार विभाजन भएमा आफ्नो जित सुनिश्चित हुनेछ ।

    तर, खाँणको प्रभावी ८–९ हजार मत बिना कांग्रेस उम्मेदवार सहज नभइदिने अनुमान गरिन्छ ।

    २०७९ मा अन्तर्घातकै कारण खाँण करिब २६ सय मतले पराजित भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images