images
images
  • जोय स्टोर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

    काठमाडौं– काठमाण्डौ महानगरपालिका–२२, न्युरोडस्थित जोय स्टोर र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई जोय स्टोरको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
    प्रभु बैकंका कर्मचारी तथा ग्राहकहरुले आइफोनमा ५, म्याकबुकमा ५ प्रतिशत छुट सम्झौता भएको छ ।
    त्यस्तै आइफोन र म्याकबुकका विभिन्न समानरू दरिद गर्दा २० प्रतिशत छुट पाउने भएका छन् ।

    Creditcard Holder हरुलाइ Instrapay Scheme बाट किस्ताबन्धी सुविधा पनि पाउने भएका छन् । सो छुट सेवासुविधा जोय स्टोर मा प्राप्त गर्न सकिनेछ ।

    उक्त सम्झौतापत्रमा जोय स्टोरका तर्फबाट कार्यकारी निर्देशक गुरुदत्त शर्मा तथा प्रभु बैंक लिमिटेडका तर्फबाट चिफ मार्केटीङ अफिसर रमेश कुमार श्रेष्ठको संयुक्त हस्ताक्षरमा सम्पन्न भएको हो ।

    त्यसैगरी ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरू, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टरमार्पmत करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।
    साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images