images
images
  • पूर्वराजाको सम्पत्तिमा एमालेको नजर, गोकर्ण रिसोर्ट, लिचीबारी र गिरीबन्धु टी–स्टेटमा अर्जुनदृष्टि

    काठमाडौं– नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले निजामती विधेयकमा कुलिङ पिरियड हटाउने खेल नेकपा (एमाले)ले मात्र गरेको आरोप लगाएका छन् ।

    काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने, ‘हामीले कुलिङ पिरियड राख्न विधेयक बनायौँ, तर त्यसलाई हटाउने खेल एमालेबाट सुरु भयो । राष्ट्रिय सभामा एमालेले संशोधन प्रस्ताव ल्याए पनि तिनले छलकपट मात्रै गरेका छन् ।’

    khekhar koirala

    कोइरालाले भूमि सम्बन्धी विधेयकमा पनि एमालेले खाली जग्गा लक्षित गरी ल्याएको आरोप लगाए ।

    उनले गोकर्ण रिसोर्ट, राजा वीरेन्द्रको सम्पत्तिमा पनि आँगा गाडेको आरोप लगाए । कोइरालाले पोखराको लिचीबारी र गिरीबन्धु टी–स्टेट केपी शर्मा ओलीको तजबिजीमा  रहेको बताएका छन् ।

    संघीय मामिला मन्त्री राजीनामा दिएका भए पनि भूमि सुधार मन्त्री पदमा कायम रहेको बताए ।

    सांसदहरूले संशोधन प्रस्ताव गर्दा पनि भूमि मन्त्रीले स्वीकार नगरेकाले बैठक हुन नसकेको र सरकारले ७ बुँदे सहमति अनुसार काम नगरेको भन्दै देशको नेतृत्व कांग्रेसले अझ भद्रगोल बनाइरहेको टिप्पणी उनले गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images