images
images
  • भ्रमणको निम्तो नदिएपछि प्रम ओलीले चीनको बिआरआई कार्डले झुकाए भारत, खुरुक्क नेपाल आए मिश्री

    काठमाडौं – भारतीय विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

    आज बिहान काठमाडौँ आइपुगेका मिश्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

    परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री दुईदिने नेपाल भ्रमणका लागि काठमाडौं आएका हुन् ।

    भ्रमणको क्रममा सोमबार उनी पशुपतिनाथको दर्शन गरी भारत फर्कने कार्यक्रममा छन् ।

    मिश्रीको आजको भेटवार्तामा भ्रमणका एजेन्डाका विषयमा समेत छलफल हुने बताइएको छ ।

    यस भ्रमणको मुख्य उद्देश्य आगामी भदौ ३१ गते प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी सम्बन्धी छलफल गर्नु हो ।

    यसअघि भारतले भ्रमण निम्तो नदिएपछि प्रधानमन्त्री ओली चीन पुगेर बिआरआई परियोजनामा सम्झौता गरेका थिए ।

    त्यसयता झन् रुष्ट बनेको भारतले ओलीलाई एक वर्षसम्म भ्रमण निम्ता दिएको थिएन ।

    तर, उक्त परियोजनाले भारत झस्केको र ओलीलाई भारत भ्रमण दिएको हुनसक्ने विश्लेषकको आकलन छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images