images
images
  • ब्याज दिनभन्दा लिन बित्ताको मुख आँ गरेका बाणिज्य बैंकहरूलाई प्रभुको श्राप (ब्याजदरसहित)

    काठमाडौं– भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

    जसअनुसार साउनको तुलनामा औसत ब्याजदर घटेको छ ।

    नयाँ दर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ५.५८ प्रतिशत पुगेको छ ।

    जुन साउनमा ५.६९ प्रतिशत थियो ।

    ब्याजदर बढाउने बैंकको सूचीमा प्रभु बैंक पर्छ भने घटाउने बैंकहरूमा स्ट्याण्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, एभरेष्ट, सानिमा, कुमारी, सिद्धार्थ, कृषि विकास र नेपाल एसबिआई बैंक छन् ।

    बाँकी बैंकहरुको ब्याजदर भने स्थिर रहेको छ ।

    भदौमा कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.२० प्रतिशत र संस्थागत निक्षेपमा २.८५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

    एभरेष्ट बैंकले व्यक्तिगत निक्षेपमा ५.७५ प्रतिशत र संस्थागत निक्षेपमा ४.७५ प्रतिशत ब्याजदर तोकेको छ ।

    यसअघि ब्याज नघटाउने ढिपी गरेका बैंकहरूको भीडमा एक्कासी प्रभु बैंकले घटाएपछि सबै बैंकले घटाएका छन् ।

    byajdar bhadau 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images