images
images
  • भदौको लागि आठ बैंकले घटाए ब्याजदर

    काठमाडौं– वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

    २० मध्ये ८ बैंकले निक्षेप ब्याजदर घटाएका छन् ।

    १ बैंकको बढेको छ र बाँकीको स्थिर छ ।

    साउनमा व्यक्तिगत निक्षेपको औसत अधिकतम ब्याजदर ५.६९ प्रतिशत थियो भने भदौमा घटेर ५.५८ प्रतिशत पुगेको छ ।

    सबैभन्दा उच्च ६.२५ प्रतिशत ब्याजदर एनआइसी एशिया बैंकले दिनेछ भने सबैभन्दा कम ५ प्रतिशत लक्ष्मी सनराइज बैंकले दिनेछ ।

    तर, कर्जा विस्तारमा भने अझै सुधार देखिएको छैन ।

    तरलता प्रशस्त भएकाले बैंकहरूले निक्षेपको लागत घटाइरहेका छन् ।

    हाल बैंकहरूसँग करिब १० खर्ब बराबर कर्जा लगानी योग्य पुँजी छ ।

    कुल निक्षेप ७२ खर्ब २८ अर्ब र कर्जा ५५ खर्ब ८० अर्ब पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images