काठमाडौं– भारतीय विदेश सचिव विक्रम मिश्री आइतबार दुईदिने भ्रमणका लागि काठमाडौं आएका छन् ।
परराष्ट्रसचिव अमृतबहादुर राईको निमन्त्रणामा आएको यो भ्रमण उनका लागि विदेश सचिव बनेपछिको दोस्रो नेपाल यात्रा हो ।
मिश्रीले आइतबारै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग शिष्टाचार भेट गर्नेछन् ।
नेपाल–भारतबीच कनेक्टिभिटी, विकास सहयोग र साझेदारीसम्बन्धी विषयमा प्रतिनिधिमण्डलस्तरीय वार्ता पनि आजै हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
स्रोतका अनुसार मिश्रीले प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्नेछन् ।
ओलीले भदौ ३१ देखि असोज १ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने तयारी भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्






















