images
images
  • बागमतीमा बानियाँ नेतृत्वको सरकार ढाल्न विपक्षी माओवादी लगायतका दलसँगको भेटवार्तामा लामा

    काठमाडौं– नेपाली कांग्रेसभित्र मकवानपुरका इन्द्र बानियाँ र नुवाकोटका बहादुरसिंह लामा दुवै शेरबहादुर देउवा समूहका मुख्य नेता थिए ।

    तर, अहिले उनीहरूबीचको सम्बन्ध चिसिएको छ ।

    कम्युनिष्टको बलियो गढ मकवानपुरमा पैसाको सहाराले उठेका बानियाँलाई देउवाले लगातार साथ दिएका थिए ।

    कांग्रेसकै बलियो गढ नुवाकोटमा महत र केसी परिवारको आन्तरिक वर्चस्वबीच लामालाई अघि बढाएका थिए ।

    देउवाको सहयोगमा दुवै पटक–पटक सांसद, मन्त्री हुँदै बानियाँ मुख्यमन्त्री बने भने लामा पनि यसअघि मुख्यमन्त्री बनेका थिए ।

    तर, २०७९ को चुनावमा डिना उपाध्यायलाई हराउन बानियाँ सक्रिय भएको भन्दै देउवा असन्तुष्ट भएका थिए ।

    लामालाई मुख्यमन्त्री बनाए ।

    तर दुई वर्षमै समीकरण फेरिएर बानियाँ पुनः देउवाको विश्वास जित्न सफल भए ।

    यद्यपि लामा पक्षलाई वाचा गरेको तीन मन्त्रालय नदिएपछि उनीहरू आक्रोशित छन् ।

    यसले बागमती प्रदेशमा कांग्रेसको समीकरण फेरबदल हुने आकलन सुरु भएको छ ।

    लामा समूह शेखर कोइरालातर्फ आकर्षित हुने सम्भावना बढेको छ ।

    लामा समूहसँग हाल १५ सांसद छन् ।

    यसअघि मधेशका नेता रामसरोज यादव पनि संस्थापन पक्ष छाडेर शेखर समूहमा गएका थिए ।

    देउवाले आफ्नै अर्का सांसद कान्छाराम तामाङलाई पनि असन्तुष्ट बनाएका छन् ।

    यस्तो असन्तुष्टि बढ्दै गए शेखर कोइरालाले ठूलो फाइदा उठाउने विश्लेषण कांग्रेसभित्र चल्न थालेको छ ।

    लामा पक्षका सांसदहरू यतिबेला प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) लगायतका दलहरूसँग सम्भावित नयाँ सरकार गठनको लागि छलफलमा स्रोत बताउँछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images