images
images
  • माओवादी बैठक आह्वान, शर्मामाथि कारबाही र विप्लव नेतृत्वको नेकपासँग एकता होला ?

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पदाधिकारी बैठक आह्वान गरेका छन् ।

    उपमहासचिव मातृका यादवका अनुसार बैठक भदौ ३ गते बिहान ११ बजे बस्नेछ ।

    यादवले बताएअनुसार बैठकमा स्थगित मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियानको कार्यतालिका, पार्टी एकतासम्बन्धी तयारी, एकतामा जोडिएका नेताहरूको कार्यविभाजन तथासमसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

    तर, बैठक प्रचण्डको निवास खुमलटारमा बस्ने वा केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भन्ने विषय भने अझै टुंगो लागेको छैन ।

    यसअघि साउन १९ गते बसेको स्थायी समिति बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो ।

    यसबारेमा पनि थप छलफल हुने बताइएको छ ।

    त्यस्तै पार्टी उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’बारे यसअघि नै छलफल भइसकेकोले यसपटक छलफल नहुने बताइएको छ ।

    त्यस्तै, स्थगित भएको जागरण अभियान भदौ १५ गतेदेखि पुनः सुरु गर्ने निर्णय पनि गरिएको थियो ।

    नेताहरूका अनुसार आसन्न बैठकले केन्द्रीय समितिको बैठक मिति पनि तय गर्ने सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images