images
images
  • महतो र झा लगायतका वरिष्ठ नेताहरूले साथ छाडेपछि महन्थ ठाकुरको राजनीति संकटमा

    काठमाडौं– नेपाली कांग्रेस छोडी २०६४ मंसिरमा तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गर्दै मधेशको मुद्दामा केन्द्रित भएका महन्थ ठाकुर एक समय मधेशी राजनीतिमा ‘आदर्श पात्र’ मानिन्थे ।

    तर, पछिल्ला १८ वर्षमा उनको प्रभाव क्रमशः घट्दै गएको छ ।

    तमलोपा, राजपा, जसपा हुँदै २०७८ भदौमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनाए पनि उनका निकटस्थ धेरै नेता छुट्टिँदै गएका छन् ।

    राजेन्द्र महतो, अनिल झा, बृषेशचन्द्र लाल, केशव झा, चन्दा चौधरीलगायत वरिष्ठ नेताहरूले पार्टी छाडेका छन् ।

    महतोले ‘राष्ट्रिय मुक्ति पार्टी’ गठन गरेका छन् भने झाले सद्भावना पार्टी पुनर्गठन गरेका छन् ।

    नेताहरूले ठाकुरमाथि संगठन विस्तार नगर्ने, पुराना तमलोपा नेता मात्र वरिपरि राख्ने र मधेशी एजेन्डा उपेक्षा गर्ने आरोप लगाएका छन् ।

    अहिले ठाकुरका मुख्य सहारा श्रममन्त्री शरतसिंह भण्डारी र छोरी डा. मिनाक्षी ठाकुर मानिन्छन् ।

    लोसपा प्रतिनिधिसभामा चार, राष्ट्रिय सभामा एक, प्रदेशमा १२ र स्थानीय तहमा १७ प्रमुखसहित सीमित जनप्रतिनिधिमा खुम्चिएको छ ।

    पार्टी गठनको पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्ने कानुनी बाध्यता रहे पनि चार वर्ष पुग्दा पनि पूर्ण केन्द्रीय समिति गठन र महाधिवेशन कार्यतालिका सार्वजनिक हुन सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images