images
images
  • रास्वपामा प्रवेश गर्न पूर्वभिआईपीहरूको लर्को, दैनिक हजारभन्दा बढीले लिन्छन् पार्टी सदस्यता

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हाल दैनिक एक हजारभन्दा बढी व्यक्तिहरूले आफ्नो पार्टीको सदस्यता लिइरहेको दाबी गरेको छ ।

    पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा रास्वपाका प्रवक्ता मनीष झाले पार्टीमा प्रवेश गर्नेको संख्या तीव्र गतिमा बढिरहेको उल्लेख गरे ।

    सो अवसरमा रास्वपाले नेपाली कांग्रेस सम्बद्ध ट्रेड युनियनमा २०७० सालदेखि उपाध्यक्षका रूपमा रहेका ललित बहादुर श्रेष्ठसहित केही चर्चित व्यक्तित्व पार्टीमा प्रवेश गरेको घोषणा ग¥यो ।

    पार्टी प्रवेश गर्नेहरूमा नेपाली सेनाका पूर्व कर्नेल डा.प्रदुम्न पौडेल, सशस्त्र प्रहरीका पूर्व डीआईजी दुर्गा भट्टराई, पूर्व एसएसपी विश्वेश्वर थापा तथा अन्तर्राष्ट्रिय लायन्स क्लबका पूर्व गभर्नर शोभा जोशी पनि रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images