images
images
  • मुख्यमन्त्री बानियाँले लामा पक्षलाई बाइपास गरेर नियुक्त गरे आफ्नै क्याम्पका ५ मन्त्री

    काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले पाँच नयाँ मन्त्री नियुक्त गरेका छन् ।

    यसअघि उनले शिवराज अधिकारी र कृष्ण लामालाई मन्त्री बनाइसकेका थिए ।

    शुक्रबार कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, बिनु रायमाझी, उर्मिला नेपाल र प्रभात तामाङलाई मन्त्री सिफारिस गरिएको छ ।

    उनीहरूको शपथ आज अपराह्न ४ बजे हुनेछ ।

    बानियाँले कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय र शिवराज अधिकारीलाई बिनाविभागीय मन्त्रीको जिम्मेवारी दिने तयारी गरेका छन् ।

    नयाँ मन्त्रीहरू सबै बानियाँको पक्षका सांसद हुन् ।

    यसअघि बहादुरसिंह लामाको मन्त्रिपरिषद्मा रहेका पाँचै जना मन्त्री दोहोरिएका छैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images