काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरू पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गर्ने प्रयासमा छन् ।
जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवल शमशेर राणा लगायतले राजसंस्था पुनस्र्थापना सम्बन्धी छलफल गर्न खोजेका छन् ।
तर, स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रले १५ चैत र १५ जेठका प्रदर्शन र हिंसात्मक घटनाबाट असन्तुष्ट भएको कारण उनीहरूसँग भेटका लागि समय दिएका छैनन् ।
सुवेदीलाई संयोजक बनाएको विवाद, १५ चैत र १५ जेठका घटनाले राप्रपाभित्र असन्तुष्टि बढाएको र राजसंस्थाप्रति आएको उभारलाई रक्षात्मक बनाएको बुझिन्छ ।
पूर्वराजाले स्वयं सुवेदीको चयनमा भूमिका नभएको स्पष्ट गरिसकेका छन् ।
सुवेदी समूहले २९ असारमा निर्वाचन आयोगमा उजुरी दर्ता गरेको छ ।
अध्यक्ष लिङ्देनका पछिल्ला कदमको विरोध गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्






















