images
images
  • मुख्यमन्त्री बानियाँले ५ मन्त्री नियुक्त गर्दै, लामाले नियुक्त गरेका ३ मन्त्रीको पुनर्नियुक्ति नहुने

    हेटौँंडा– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज आफ्नो सरकार विस्तारको तयारी गरेका छन् ।

    मुख्यमन्त्री निकट स्रोतका अनुसार नेपाली कांग्रेस र नेकपा (एमाले)को संयुक्त १४ सदस्यीय मन्त्रिपरिषद्मा हाल रिक्त रहेका पाँच मन्त्रालयमा नियुक्ति गर्ने तयारी भइरहेको छ ।

    २० साउनमा मुख्यमन्त्री बनेका बानियाँले सोही दिन आफ्नै पार्टीका ६ र कांग्रेसका २ मन्त्रीलाई सपथ गराएका थिए ।

    अब कांग्रेसले मन्त्रालय भागबन्डाअनुसार बाँकी रहेका पाँच मन्त्रालयमा मन्त्री नियुक्त गर्न लागेको छ ।

    आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना, सामाजिक विकास, युवा तथा खेलकुद र सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि मन्त्री नियुक्त हुँदैछन् ।

    पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले नियुक्त गरेका तीन मन्त्रीहरूको पुनर्नियुक्ति सम्भावना टरेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images