images
images
  • एनआईसी एशिया बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट

    काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरूलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलआइड साइन्स र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

    यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरूले काठमाडौंमा रहेको अन्नपूर्ण न्यूरो हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरि डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    यस बैंकका ग्राहक महानुभावहरुले क्ष्ल जयगकभ एबतजययिनथ, इगतकयगचअष्लन त्भकत, च्बमष्ययिनथ, ब्mदगबिलअभ, न्भलभचब िद्यभम ऋजबचनभ, क्ष्ऋग् र क्गचनभचथ ऋजबचनभ सेवामा १० प्रतिशतको छुट सुविधा उपभोग गर्न सक्नेछन् ।

    उक्त अस्पतालसँगको यस सहकार्यले यस बैंकका ग्राहक महानुभावहरूलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images